Logo

प्रहरीले सार्वजनिक गर्याे ३३ किलाे सुन तस्करीका नाईके गाेरेलाई, थप अनुसन्धानका लागि माेरङ लगिदै

प्रहरीले सार्वजनिक गर्याे ३३ किलाे सुन तस्करीका नाईके गाेरेलाई, थप अनुसन्धानका लागि माेरङ लगिदै



काठमाडौं । प्रहरीले ३३ किलोग्राम सुन तस्करीका दोषी चूणामणि उप्रेती ‘गोरे’ लाई सार्वजनिक गरेको छ ।

तस्करीका मुख्य आरोपी ‘गोरे’ लाई गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरेको हो ।

समितिका अनुसार काठमाडौं आएको सुचना पाए लगतै पछ्याउने क्रममा काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो ।

‘गोरे’ लाई आज विहान ५ बजेर ३४ मिनेटमा पक्राउ गरेको समितिले जानकारी दिएको छ ।

निज अभियुक्तलाई थप अनुसन्धानको लागि म्याद थप्न मोरङ लाने तयारी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL