Logo

३३ किलो सुन तस्करीका मुख्य नाईके ‘गोरे’ पक्राउ, प्रहरीले सार्वजनिक गर्दै

३३ किलो सुन तस्करीका मुख्य नाईके ‘गोरे’ पक्राउ, प्रहरीले सार्वजनिक गर्दै



काठमाडौं । प्रहरीले ३३ किलोग्राम सुन तस्करी प्रकरणमा मुख्य दोषी मानिएका तथा सनम हत्याका मुख्य अभियुक्त चूणामणि उप्रेती ‘गोरे’ भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन ।

३३ किलो सुन तस्करीका फरार अभियुक्त गोरे पक्राउ परेको अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरेका हुन ।

३३ किलो सुन तस्करी प्रकरणमा गोरे माथी प्रहरीले छानविन गरेको थियो । तर, ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा प्रहरीले मुख्य योजनाकार मानेका चूणामणि उप्रेती फरार रहेको र प्रहरीको खोजीमा रहेका थिए ।

प्रहरी उच्च स्रोतका अनुसार ‘गोरे’ लाई नयाँ दिल्लीबाट पक्राउ गरिएको हो । ‘गोरे’ लाई आजै साढे १२ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL