Logo

चौधरी ग्रुपले प्रदान गर्यो छात्रवृत्ति, हालसम्म ८ सय ५२ विद्यार्थी लाभान्वित

चौधरी ग्रुपले प्रदान गर्यो छात्रवृत्ति, हालसम्म ८ सय ५२ विद्यार्थी लाभान्वित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ फागुन, काठमाडौं । चौधरी ग्रुपले नवलपरासीका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । २०७० सालमा सामुदायिक विद्यालयहरुबाट एसएलसी परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाइ छात्रवृत्ति वितरण गरिएको हो । ग्रुपले प्रत्येक बर्ष ज्ञान उदय छात्रवृत्ति योजना अन्तर्गत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

मंगलबार चौधरी उद्योग ग्राम दिवसको अवसरमा आयोजित समारोहकाबीच ग्रुपका अध्यक्ष विनोद चौधरीले छात्रवृत्ति वितरण गरेका हुन् । सो अवसरमा उद्योग ग्रामका उत्कृष्ट ७ जना र दिर्घसेवा गर्ने १ जना सहित ८ कर्मचारीहरुलाई पनि सम्मानित गरियो ।
नवलपरासीका क्षेत्र नम्बर १, २ र ३ का २६ विद्यालयका उत्कृष्ट १ सय २ छात्र छात्राहरुले यसपटक ज्ञान उदय छात्रवृत्ति प्राप्त गरेका हुन् । त्यसैगरि एसएलसी परिक्षामा सामुदायिक विद्यालयबाट जिल्लाका उत्कृष्ट २ छात्र छात्रा, चौधरी उद्योग ग्राम रहेको साविक दिव्यपुरी गाविसका प्रत्येक वडाबाट २ जनाका दरले आर्थिक अवस्था कमजोर रहेका १८ जना विद्यार्थी र उद्योग ग्रामका कर्मचारीका छोराछोरीमध्येबाट १२ जना गरि एक सय ३४ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् । हालसम्म ८ सय ५२ विद्यार्थीे ज्ञान उदय छात्रवृत्तिवाट लाभान्वित भएका छन् । चौधरी ग्रुपले २०६६ सालदेखि यो छात्रवृत्ति वितरण गर्दै आएको छ ।

chaudary-binod

यस पटक जनता विश्व उच्च माध्यमिक विद्यालय, विष्णुनगर कावासोतीका विपन कार्की र त्रिभुवन बाल उच्च माध्यमिक विद्यालय, ढोकीकी सुजाता शर्माले जिल्लामा एसएलसीमा सर्वाधिक अंक ल्याउने विद्यार्थीका रुपमा यो छात्रवृत्ति प्राप्त गरेका छन् ।
अन्य छानिएका २६ वटै विद्यालयका उत्कृष्ट एक एक जना छात्र, छात्रा तथा जेहेन्दार, आर्थिक अवस्था कमजोर रहेका र पिछडिएका वर्गलाई समेत समेट्ने गरि थप एक/एक जना छात्र छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । शारिरीक रुपमा असक्त विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्ने प्रावधान छ ।

ज्ञान उदय छात्रवृत्ति योजना लागू भएको क्षेत्रबाट उत्कृष्ट ठहरिएका ३ जना शिक्षकहरुलाई नगद एवं दोसल्ला ओडाएर सम्मान गरिएको छ । अंग्रेजी, गणित र विज्ञान बिषयमा प्रवेशिका परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षकहरुमध्येका उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने प्रावधान छ । यसरी सम्मानीत हुने शिक्षकहरुमा श्री भीमसेन आदर्श उच्च माध्यमिक विद्यालयका अंग्रेजी बिषयका शिक्षक श्री कृष्ण प्रसाद काफ्ले, सोही स्कूलका गणित शिक्षक श्री रेशम कोईराला र श्री नेपाल उच्च माध्यमिक विद्यालय, दिब्यपुरीका विज्ञान शिक्षक श्री वासुदेव वस्ताकोटी रहेका छन् ।

जिल्लाका उत्कृष्ट हुने विद्यार्थीहरुले जनही १० हजार रुपैया र विद्यालयका उत्कृष्ट विद्यार्थीहरुले जनही ५ हजार रुपैया छात्रवृत्ति प्राप्त गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चौधरीले सामाजिक उत्तरदायित्व आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताए । देशको भविष्य निर्मार्ताका रुपमा विद्यार्थीहरुलाई अध्ययनप्रति गहिरो रुचि जगाउन र थप अध्ययनका लागि प्रोत्साहन गर्न ज्ञान उदय छात्रवृत्रि योजना कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले भनाइ थियो ।

अध्यक्ष चौधरीले आगामी बर्षदेखि छात्रवृृत्ति कार्यक्रमलाई अझै प्रभावकारी रुपमा विस्तार गरिने जानकारी दिए ।

समारोहमा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले चौधरी ग्रुपले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर उनीहरुको अध्ययनमा प्रोत्साहित गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए । नवलपरासीका जिल्ला शिक्षा अधिकारी खड्क बहादुर कमालले ज्ञान उदय छात्रवृत्ति योजनाले जिल्लाको शैक्षिक विकासमा उल्लेखनिय योगदान पुगेको धारणा राखे । समारोहमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी, उपाध्यक्ष जीपी शाह, ज्ञान उदय छात्रवृत्ति योजना सञ्चालक समितिका संयोजक शिवप्रसाद देवकोटा र देवचुली नगरपालिकाका कार्यकारी प्रमुख हरिप्रसाद चापागाईको पनि उपस्थिती रहेको थियो । समारोहमा उद्योग ग्राम दिवसका अवसरमा आयोजित फुटवल, गल्फ, म्याराथुन, ब्याडमिन्टन, कुर्सि दौड र सास्कृतिक प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार वितरण गरियो ।

प्रतिक्रिया दिनुहोस्
MBL