Logo

कृषि र खानीमा सरकारी लगानी बढाईँदै, निजी क्षेत्रको सहकार्यमा फलाम खानी उत्खनन्

कृषि र खानीमा सरकारी लगानी बढाईँदै, निजी क्षेत्रको सहकार्यमा फलाम खानी उत्खनन्



काठमाडौं । देशलाई आत्म निर्भर बनाई निर्यात बृद्धि गर्न कृषि बन तथा खानी जन्य उद्योगमा लगानी गर्न प्रोत्साहन गरिने भएको छ ।

सरकारले सातै प्रदेशमा औधोगिक क्षेत्र तथा स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने भएको छ ।

साथै सरकारले बन्द भएका तथा रुग्ण उद्योगलाई पहिचान गरी निजीक्षेत्र सँगको साझेदारीमा संचालन गर्ने भएको छ ।

त्यस्तै सरकारले आगामी दिनमा निजी क्षेत्रको सहयोगमा फलाम खानी उत्खन्न तथा प्रसोधन गर्ने भएको छ ।

नेपालमा भएको खानीहरुको पहिचान गर्दै उत्खन्न तथा प्रसोधन गर्ने भएको हो ।

सरकारले नेपालमा रहेका खानीहरुको संरक्षण तथा उत्खन्न गरी काम गर्न नसकेको भन्दै देशले आर्थिक भार ब्यहोर्दै आएको बताएको छ ।

त्यसतै जुट, गलैंचा, तयारी पोसाक, धागो लगायतका उद्योगको वृद्धि गरी निर्यात वृद्धि गर्नु पर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL