Logo

ट्राफिकले अनिवार्य सार्वजनिक सवारी प्रयोग गर्नुपर्ने, अनुगमन सहज हुने

ट्राफिकले अनिवार्य सार्वजनिक सवारी प्रयोग गर्नुपर्ने, अनुगमन सहज हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुले अनिवार्य रुपमा सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्ने भएको छ । यही फागुन २९ गतेदेखि हरेक शुक्रबार कार्यलयजादा तथा घर फर्कदा सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्ने उपत्यका ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

यातायात क्षेत्र ,समाज र वातावरणमा समेत सकारात्मक प्रभाव पर्न जाने हुँदा आगामी शुक्रबारदेखि सो व्यवस्था लागू गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख जयबहादुर चन्दले बताए । ‘ट्राफिक प्रहरीले पनि सार्वजनिक सवारीसाधन प्रयोग गर्न थालेपछि सर्वधारणका पनि सार्वजनिक सवारीसाधन प्रति ध्यानाकर्षण बढ्न जान्छ,’ उनले भने, ‘जसले गर्दा सार्वजनिक सवारीको प्रयोग बढ्न गई निजी सवारीसाधनको प्रयोग घट्दछ ।’

ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधन प्रयोग गर्ने थालेपछि सरकारी इन्धनको बचत हुनुका साथै आर्थिक मितव्ययिता हुने समेत महाशाखाले जनाएको छ । निजी सवारीसाधनको प्रयोग कम भएपछि उपत्यकामा ट्राफिक कन्जेशनमा सकारात्मक प्रभाव पर्नेछ । साथै, सो व्यवस्थाले ट्राफिक प्रहरीको अनुगमन र चेकिङको दायरा फराकिलो हुनुका साथै सार्वजनिक यातायातमा हुन सक्ने वेतिथी र ट्राफिक नियम उलङ्घनमा समेत कमी आउन चन्दको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL