Logo

जापानले गर्याे ६८ करोड सहयोग, बाढीपहिरो नियन्त्रणमा खर्च गरिने

जापानले गर्याे ६८ करोड सहयोग, बाढीपहिरो नियन्त्रणमा खर्च गरिने



काठमाडौं । जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । शुक्रबार अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने जानकारी दिए ।

जापानी राजदूत ओगवाले प्राकृतिक विपदमा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्