Logo

अन्ततः भयो पार्टी एकता, अन्य साना पार्टीलाइ पनि एक हुन आग्रह

अन्ततः भयो पार्टी एकता, अन्य साना पार्टीलाइ पनि एक हुन आग्रह



काठमाडौं । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवाद लेलिनवाद (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रबीच एकता भएको छ । बिहीबार एक कार्यक्रमको आयोजनामा सो एकिकृत नयाँ पार्टी, नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको हो ।

अन्य साना पार्टीलाइ पनि ठूला पार्टी जस्तै मिलेर अगाढी बढ्न सुझाव दिदै पार्टी एकता घोषणा भएको हो । यसका साथै बिहीबार नै दुवै पार्टीको एकीकृत रुपमा हाइकमाण्ण्ड गठन गर्नुका साथै पार्टी एकता पनि सो दिन भएको हो । एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय रहेको छ । जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता रहेका छन ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी भएको छ भने, कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना नेता राख्ने सहमतिका साथ पार्टी एकता भएको छ ।

नयाँ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता  जनताको ऐतिहाँसिक आवस्यकता भएकोले उक्त आवस्यकता आज पुरा भएको जानकारी दिए । यसका साथै उनले जनयुद्धमा मारिएका हजारौं जनताका छोराहरुलाइ सम्झदै गर्वका साथ आफ्नो संकल्प पुरा गरिएको बताएका छन।

उनले यस पछि सामाजीक न्यायका साथ सामाजीक, आर्थिक समृद्धितिर लम्कीने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL