Logo

अख्तियार भ्रष्ट हुँदा विकास निर्माणका काम अघि बढेन, ठेकेदारहरु असक्षम

अख्तियार भ्रष्ट हुँदा विकास निर्माणका काम अघि बढेन, ठेकेदारहरु असक्षम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्ट भएका कारण विकास निर्माणका काम अघि बढ्न नसकेको सरोकारवालाहरुले बताएका छन् । हाल अख्तियारले विकास निर्माणका काममा अनावश्यक दुख दिन थालेकाले कर्मचारीले काम नै नगरी बस्ने अवस्थामा पुगेको व्यवस्थापिका संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए । ‘घोषित वा अघोषित रुपमा अख्तियारका प्रतिनिधि संलग्न नभएका प्रोजेक्ट नै अघि बढाउन सक्ने अवस्था छैन,’ आर्थिक पत्रकार समाज, नेपालद्वारा आयोजित अर्थ संवाद कार्यक्रममा उनले भने, ‘आफु संलग्न नभएका आयोजनमा अख्तियारले दुख दिँदै आएको छ ।’

यस्तै, समय समयमा मन्त्री परिवर्तन भएका कारण मन्त्रालय स्तरका विकास निर्माणका आयोजनाहरु समेत परिवर्तन हुने गरेको उनको भनाई थियो । हाल ५० प्रतिशतभन्दा बढी त्यस्ता आयोजनाहरु परिवर्तन हुने गरेको र त्यसले विकास निर्माणका काम वाधा पुर्याएको उनको भनाइ थियो ।

यस्तै आयोजना छनौट र त्यसको पूर्व तयारी नहुँदा विकास खर्च हुन नसकेको समेत उनले जानकारी दिए । ‘हचुुवाको भरमा आयोजना छनौट गरिन्छ,’ उनले भने, ‘त्यसरी छनौट गरिएका आयोजनाहरु सहज रुपमा अघि बढ्न सक्दैन ।’ हाल राष्ट्रिय योजना आयोगले समेत प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप छ । आयोगले कुनै पनि योजनाको अनुगमन तथा स्वीकृतिका लागि आएका योजनाको अनुगमन गर्नु पर्दछ । यदि आयोगले प्रधानमन्त्री वा कुनै निकायको प्रभावमा परेर हुचुँवाको भरमा योजना दिने हो भने यसको कुनै औचित्य नरहेको उनको भनाइ थियो ।

sejon1

नेपालको बजेट प्लानिङ मै समस्या रहेको अर्थ मन्तालयका सह–सचिव बैंकुण्ठ अर्यालले जानकारी दिए । ‘हामी फाइनान्स फस्ट मोडलमा अघि बढिरहेका छौं,’ उनले भने, ‘यदि कुनै योजनालाई समयमै सम्पन्न गरेर विकास खर्च बढाउने हो भने प्रोग्राम फस्ट हुनपर्छ ।’ अर्थमन्त्रालयले चालू आर्थिक वर्षको शुरुमै सम्बन्धित मन्त्रालयलाई खर्च गर्ने अख्तियारी दिएपनि अहिलेसम्म सम्बन्धित फाँटमा सो अख्तियारी नपुगेको उनले जानकारी दिए । बजेट आएको ८ महिनासम्म अख्तियारीकै लागि कुर्न परेकाले समयमै विकास निर्माणका काम अघि नबढेको समेत उनले जानकारी दिए ।

योजना अयोगले राजनीतिक आस्थाका कारण कार्यक्रम स्वीकृति गर्दा विकास निर्माणको काम अघि बढ्न नसकेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव टंकमणि शर्माले बताए । यस्तै, निजी क्षेत्रले विजनेश इथिक्स पालना नगर्नु तथा कर्मचारीले आचार संहिता लागू नगरेका कारण देशमा विकास निर्माणका काम अघि नबढेको समेत उनले जानकारी दिए ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले पनि राजनीति आस्थाबाट प्रेरित भएर हचुँवाको भरमा कार्यक्रम स्वीकत गर्दा कार्यान्वयनमा ल्याउन कठिनाइ भएको जानकारी दिए । ‘बजेट निर्माणका क्रममा हामीकहाँ खल्तीबाट ल्याएर कार्यक्रम पारिन्छ,’ उनले भने, ‘त्यसरी पारिएका कार्यक्रम कुनै पनि हालतमा कार्यान्वयनमा आउने छैन ।’ साथै, कर्मचारी प्रशासन चुस्तदुरुस्त नभएको बताउँदै नेपालका ठेकेदार पनि क्षमताहिन रहेको जानकारी दिए । हाल कतिपय ठेकेदारहरु २० प्रतिशत रकम अग्रीम भुुक्तानी लिएर भाग्ने गरेको समेत उनले जानकारी दिए । यस्तै, भारतीय सहयोगमा संचालित आयोजनामा भारतीय ठेकेदार नै लगाउनु पर्ने र त्यस्ता ठेकेदारहरु भागेका कारण तराइका जिल्लामा संचालित अधिकांश आयोजनाहरु अलपत्र परेको समेत उनको भनाइ थियो ।

यस्तै, योजना अयोगका सदस्य डा. चन्द्रमणि अधिकारीले सभासद्ले अनावश्यक रुपमा कार्यक्रममा पार्न दवाव दिएकै कारण कार्यान्वयनमा ल्याउन कठिनाइ भएको जानकारी दिए । हाल अवैज्ञानिक तरिकाबाट आयोजान पारिँदै आएको र आगामी दिनमा अयोगले बैज्ञानिक पद्दतिबाट आयोजना छनौट गर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL