Logo

एकीकृत पार्टीको ९ सदस्यीय हाइकमाण्ड गठन, एमालेका ६ र माओवादी केन्द्रका ३ जना सम्मिलीत

एकीकृत पार्टीको ९ सदस्यीय हाइकमाण्ड गठन, एमालेका ६ र माओवादी केन्द्रका ३ जना सम्मिलीत



काठमाडौं । आज हुने भनिएको एमाले माओवादी केन्द्रको एकता पश्चातको नयाँ पार्टी नेकपा कम्युनिष्ट पार्टीको लागि हाइकमाण्ड गठन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी सञ्चालनमा निर्णायक हुने गरि ९ सदस्यीय हाइकमाण्ड टोली बनाएको हो ।
सो निर्णय अनुसार हाइकमाण्डमा २ जना अध्यक्ष रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सो हाइकमाण्डका अध्यक्ष रहने भएका हुन ।
यसका साथै अन्य सदस्यमा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ,ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहने भएका हुन ।

एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ भने केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्