Logo

पेट्रोलिमय पदार्थको मूल्य बृद्धि, पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ बढ्यो

पेट्रोलिमय पदार्थको मूल्य बृद्धि, पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

मूल्य बृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ पुग्नेछ । यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

उक्त मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL