काठमाडौं । सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा (सिसि क्यामरा) हस्तान्तरण गरेको छ ।
सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने कम्पनीले जानकारी दिएको छ । १ सय ८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने छ ।
बुधबार ललितपुर ट्राफिक शाखाका निरीक्षक, सिताराम हाछेथुले सो क्यामरा बुझेका हुन । कम्पनीका कार्यकारी निर्देशक, करण चौधरीले सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित सो क्यामरा हस्तान्तरण गरेको बताए ।