काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले साढे २ करोड नेपाली नोट सहित ३ दिनमा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट उक्त नोटहरु बरामद गरिएको हो ।
गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो ।
नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले जानकारी दिएको छ ।