Logo

स्वच्छ पानीका लागि डिपिआर तयार गरिने, रोशी खोलाको पानी ल्याउन सरकारसँग माग

स्वच्छ पानीका लागि डिपिआर तयार गरिने, रोशी खोलाको पानी ल्याउन सरकारसँग माग



काठमाडौं । स्वच्छ खानेपानी पाउनु जनताको अधिकार भएको खानेपानी मन्त्री बिना मगरले बताएकी छिन ।

मन्त्री मगरले लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधरण सभालाई सम्बोधन गर्दै स्वच्छ पानी वितरणका लागि सम्भाव्यता अध्ययनका साथै डिपिआर तयार गर्न लगाउने बताएकी छिन ।

महालक्ष्मी नगरपालिका ८ स्थित लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, तल्लो दोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभाले ३ करोड ९ लाख ७९ हजार रुपैंयाँ बराबरको आयव्यय विवरण पारित गरेको छ ।

तत्कालीन अर्थमन्त्री एवं वर्तमान उर्जामन्त्री वर्षमान पुनले दुई लाख लिटर क्षमताको रिजर्भ ट्यांकी शिलान्यास गरेसँगै शुरु गरिएको सो आयोजनाबाट हालसम्म १ हजार १६ घरधुरीमा निजी धारा र केही सार्वजनिक धारा सञ्चालन गरी १० हजार जनतालाई शुद्ध खानेपानी सुविधा प्रदान गर्दै आएको छ ।

सो आयोजनाका लागि २ वटा इन्टेक, १ सेडिमेन्टेशन ट्यांकी, १ ट्युब सेटलर, १ स्लो स्याण्ड फिल्टर, ३ रिजर्भ ट्यांकी र १ ओभरहेड ट्यांकी र कार्यालय भवन निर्माण गर्नुका साथै थप पानीका लागि डिपबोरिङ समेत गरिसकिएको छ ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले रोशी खोलाको पानी ल्याउन सरकारसँग माग गरेका छन । उक्त साधारण सभाले रामबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL