Logo

अर्थमन्त्री डा.महतको अपरेसन सम्पन्न, भोली नै डिसचार्ज गरिने

अर्थमन्त्री डा.महतको अपरेसन सम्पन्न, भोली नै डिसचार्ज गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखरब संवाददाता

२५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतको अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ । उनको पित्तथैलीमा पत्थरी भएपछि अपरेसनका लागि धुलिखेल अस्पतालमा भर्ना भएका थिए । ।

धुलिखेल अस्पतालमा डा. रामकण्ठ माकाजु सहितको टोलीले उनको अपरेसन गरेका थिए । माकाजु सहित डा. बलराम मल्ल, डा. नृपेषराज भण्डारी र डा. संगीता रञ्जित मल्लको टोलीले सफलतापूर्वक अर्थमन्त्री महतको अपरेसन गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

परिवार स्रोतका अनुसार अर्थमन्त्री महतलाई भोली नै डिसचार्ज गरिने भएको छ । डाक्टरहरुले डिसचार्ज गरेर घरमै १ हप्ता आराम गर्न सल्लाह दिएपछि भोली नै डिसचार्ज गर्न लागिएको हो ।

अर्थमन्त्री महतले डाक्टर र अस्पताल परिवारलाई आफ्नो सफलतापूर्वक अपरेसन गरेको भन्दै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL