Logo

जनकपुर–अयोध्या बस सेवा सुरु, नेपालबाट शुक्रबार छुटेको बस शनिबार भारतमा पुग्ने

जनकपुर–अयोध्या बस सेवा सुरु, नेपालबाट शुक्रबार छुटेको बस शनिबार भारतमा पुग्ने



काठमाडौं । नेपालको २ दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत मैत्री बस सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन ।

नेपाल भारतलाई मैत्रीपुर्ण ढङगले जोड्ने उद्देश्यसहित जनकपुरस्थित जानकी मन्दिरको पुजाको अवसरमा उक्त बस सेवाको उद्घाटन गरिएको हो ।सो बस सेवा भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म सञ्चालन हुनेछ ।

शुक्रबार नेपालबाट सञ्चालनमा ल्याइएको सो बस शनिबार भारतको अयोध्यामा पुग्नेछ । जसलाइ उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्ने कार्यक्रम रहेको छ ।नेपालको २ दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी दिउसो १ बजे काठमाडौं आउने कार्यक्रम रहेको छ । उनलाई अहिले जनकपुरमा अहिले नागरीक अभिनन्दन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL