Logo

बलिउड अभिनेता शाहरुख खान काठमाडौंमा, मंगलबार फर्कने

बलिउड अभिनेता शाहरुख खान काठमाडौंमा, मंगलबार फर्कने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ फागुन, काठमाडौं । बलिउड अभिनेता शाहरुख खान काठमाडौं आइपुगेका छन् । न्यारोल्यक पेन्टस्ले हायत होटलमा आयोजना गरेको कार्यक्रमा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।

उनी साढे ३ बजे आफ्नो निजी विमानबाट काठमाडौं आएका हुन् । बलिउड अभिनेता खानले न्यारोल्याक पेन्टसका बिजेता र विग आइकनका बिजेतालाई पुरस्कार प्रदान गर्नेछन् ।

आइतबार नै काठमाडौं आउने भनिएपनि त्रिभुवन विमानस्थलमा टर्किस एयरको विमान विग्रीएर बसेकाले आउन सकेका थिएनन् । विमानस्थलमा झरेसँगै उनी सिधै हायत होटल गएका छन् ।

न्यारोल्यक पेन्ट्सले आयोजना गर्ने पत्रकार सम्मेलनमा खानले सहभागीता जनाउने आयोजकले जनाएको छ । उनी मंगलबार विहान फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL