Logo

ब्यापारघाटा कम गर्न लगानी बढाउनुपर्छ : पूर्वमन्त्री महत

ब्यापारघाटा कम गर्न लगानी बढाउनुपर्छ : पूर्वमन्त्री महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालको तिब्रगतिमा आर्थिक विकास गर्न लगानीमा वृद्धि गर्नुपर्ने जानकारी दिएका छन ।बिहिबार साउथ एशिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्टिच्यूट (सानेई) को १५ औं वार्षिक सम्मेलनमा बोल्दै महतले निर्यात आयातको दर घट्दोक्रममा रहेको र व्यापार घाटा चुलिँदो रहेको भन्दै उत्पादन बढाउन लगानी बढाउनुपर्ने बताएका हुन ।

‘यसअघि रेमिट्यान्सले भूक्तानी संतुलन कायम गर्न सहयोग गरेको भएपनि नेपालको आर्थिक वृद्धिलाई तिब्रगतिमा बढाउने हो भने आन्तरिक तथा बाह्य दूबै लगानी तत्काल बढाउन आवश्यक छ,’ उनले भने ।

उनले नेपाल जस्तो मुलुकमा आर्थिकरुपमा संघियता कार्यान्वयन गर्नु चुनौतीपूर्ण भएको बताए । संविधान कार्यान्वयन गर्नका लागि तीन तहको सरकार आएको हुँदा उनीहरुको क्षमता अभिवृद्धि गर्न तल्लो तहदेखि नै लगानी गर्नुपर्ने बताए ।

‘संवैधानिक तथा प्रशासनिक संरचना परिवर्तनको लागत आगामी चार वर्षसम्म कुल ग्राहस्थ उत्पादनको ३ देखि ४ प्रतिशतसम्म लाग्नेछ,’ उनले भने ।ठूलो बजारमा धेरै लगानी आवश्यक हुने भन्दै धेरै राजश्व उठाएर समाजका विभिन्न क्षेत्रहरुमा लगानी गर्न सकिनु नै नेपालको सत्यता रहेको बताए ।

नेपाललाई पूर्णरुपमा विकाशशिल मुलुकमा स्तरोन्नती हुनका लागि अझै ४ देखि ५ वर्ष लाग्ने भन्दै डा महतले ग्रामीण क्षेत्रमा कामदार अभाव भएको हुँदा वैदेशिक रोजगारीलाई प्रबद्र्धन नगर्ने स्पष्ट पारे ।

कार्यक्रममा ग्लोबल डेभलपमेन्ट नेटवर्कका अध्यक्ष पियरे ज्याक्वेटले कर सुधारको मुख्य तत्व भनेको राजनैतिक प्रतिबद्धताको एजेण्डाहरुमा त्यसलाई समावेश गर्नु भएको बताए । उनले विकासोन्मुख मुलुकहरुमा कर प्रणाली धुमिलरुपमा रहनुमा कमजोर कर संकलन प्रशासन, अनौपचारिक अर्थतन्त्र, आम्दानी र कारोबारको हिसाब राख्न समस्या कारक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्