काठमाडौं । सरकारले जथाभावी हुने सार्वजनिक खर्चमा कडाइ गरेको छ । मन्त्रीपरीषद बैठकले बुधबार पारीत गरेको खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सार्वजनिक खर्चमा कडाइ गरेको हो ।
सो नीतिअनुसार अव सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका विभिन्न प्रकारका भत्ताहरुमा भारी कटौती गरिएको छ ।यसका साथै सो मार्गदर्शका अनुसार सरकारी कर्मचारीले हालसम्म पाउँदै आएको महंगी र स्थानिय भत्ताबाहेक अन्य भत्ता नपाउने भएका छन ।
सो व्यवस्था साउन १ गतेदेखि लागु गरिने बताइएको छ । हालसम्म सरकारी निकायका कर्मचारीहरुले दर्जनभन्दा बढि भत्ता खाँदै आइरहेका छन । साउनदेखि सरकारी कर्मचारीहरुले २ कीसीमका भत्ताबाहेक अन्य प्रकारका भत्ता नपाउने भएका हुन ।
अर्थमन्त्री युवराज खतिवडाले आफ्नो पदबहालीसंगै सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन मितव्ययीता नीति ल्याउने घोषणा गरेका थिए ।