Logo

काठमाडौंको सडक विस्तारले खानेपानी आपूर्तिमा समस्या, दुई लाख जनता प्रभावित

काठमाडौंको सडक विस्तारले खानेपानी आपूर्तिमा समस्या, दुई लाख जनता प्रभावित



काठमाडौं । काठमाडौंको सडक विस्तारले खानेपानी आपूर्तिमा समस्यआ आएको छ । काठमाडौं महानगरपालिको बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौंका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ ।

करिब एक साता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफललगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको छैन ।

खानेपानी संस्थानले विगतमा सुन्दरीघाटमा गरेको बोरिङबाट आउने पानीलाई ट्यांकीमा संकलन गरी पानी वितरण गरिँदै आएकामा त्यहाँ भएको समस्याका कारण करीब दुईलाख मानिस प्रभावित भएका छन ।

चीन सरकारले चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म गर्न लागेको सडक विस्तारका क्रममा त्यस क्षेत्रको पाइप बिग्रिएको भए पनि त्यसलाई सुरक्षाकर्मी, खानेपानी संस्थानलगायतले राती समन्वय गरी पाइप मिलाउने कार्यसमेत भइरहेको महानगरीय प्रहरी प्रभाग, बल्खुका प्रमुख अरुण चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL