Logo

कल वाइपास गर्ने २ जना पक्राउ, दुरसंचार ऐन २०५३ अन्तरगत अनुसन्धान जारी

कल वाइपास गर्ने २ जना पक्राउ, दुरसंचार ऐन २०५३ अन्तरगत अनुसन्धान जारी



काठमाडौं । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले कल वाइपास गर्ने २ जनालाई पक्राउ गरेको छ । सिआइबीले काठमाडौंको मनहरा कागेश्वरीमा सोमबार सो २ जनालाई पक्राउ गरेको हो ।

हाल उनीहरुलाई ५ दिनको म्याद थप गरी दुरसंचार ऐन २०५३ अन्तरगत अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ । उनीहरुलाई कल वाइपास गर्ने विभिन्न उपकरणहरुसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत मध्ये प्रदेशका २४ बर्षीय विवेक शुक्ला र सिन्धुली सुनकोशीका २५ बर्षीय लालबहादुर मगराती रहेका छन ।

सो काण्डमा पक्राउ परेका उनीहरु यसभन्दा पहिले पनि यहि काण्डमा प्रहरीले पक्राउ गरीसकेको खुलेको छ । यसका साथै भारतीय नागरिक विवेक भने बर्दियाको गुलरियामा केहि महिना सो अवैध धन्दापछि काठमाडौं आएको खुलेको छ । सिआइबीले हालसम्म कल वाइपासको आरोपमा १ सय २६ नेपाली र ३२ जना विदेशी गरी जम्मा १ सय ५८ जनालाइ पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL