Logo

बनेपामा सिटिजन लाइफको शाखा, सवै जिल्लाहरुमा शाखा विस्तार गर्ने लक्ष्य

बनेपामा सिटिजन लाइफको शाखा, सवै जिल्लाहरुमा शाखा विस्तार गर्ने लक्ष्य



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बनेपाको चारदोबाटोमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेले सो शाखाको उद्घाटन गरेका हुन ।

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका थिए ।

कम्पनीले यसअघि सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।
कम्पनीले अवका दिनमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्