काठमाडौं । केएफसी नेपालले ‘बिशेष बुधबार अफर’ सार्वजनिक गरेको छ । केएफसी नेपालले मंगलबार एक कार्यक्रम गर्दै ‘बिशेष बुधबार अफर’ सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत केएफसीका पारखीहरुले ९ सय ९० रुपैंयाँमा १० वटा हट एण्ड क्रिस्पी चिकेन पाउने भएको छ । यो योजना हरेक बुधबार मात्र लागु हुने दरबारमार्ग रेष्टुराँले जानकारी दिएको छ ।
अफर नेपालमा रहेका ६ वटै शाखाहरुमा लागु हुने केएफसी नेपालले जानकारी दिएको छ ।