Logo

पानीजहाज सञ्चालन गर्न जलमार्गको सम्भाब्यता अध्ययन हुने, नेपाली उत्पादन प्रथमिकतामा

पानीजहाज सञ्चालन गर्न जलमार्गको सम्भाब्यता अध्ययन हुने, नेपाली उत्पादन प्रथमिकतामा



काठमाडौं । नेपालमा १ सय ५० देखी २ सय सम्म सानो पानीजहाज सञ्चालन गर्न जलमार्गको सम्भाब्यता अध्ययन हुने भएको छ ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा रेलमार्ग तथा जलमार्गको कुरा उठाउने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन ।
नेपाल चेम्बर अफ कमर्सले गरेको नेपाल भारत ब्यापार प्रवद्र्धन छलफलमा बोल्दै मन्त्री ज्ञवालीले रेलमार्ग तथा जलमार्गको विषयमा कुरा उठाउने बताएका हुन ।

मोदीको भ्रमणमा जलमार्ग तथा रेलमार्गको विषयलाई सके सम्म छिट्टो टुङग्याएर सम्भाब्यता अध्ययन गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपालको उत्पादनलाई भारतीय बजारमा हावी हुन नेपालमा उत्पादन बढाउनु पर्ने तथा दुबै देशको उत्पादनलाई चेकजाँच गरी गुण्स्तर प्रदान गर्नु पर्ने बताए ।

मन्त्री ज्ञवालीले भरखरै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा विगतमा भएको सम्झौता सन्तोषजनक नभएको बताएका छन । १९९६ को सन्धी पछि नेपालले राम्रो ब्यापार गरेको भए पनि सन्धी संसोधन पछि खस्किँदै गएको हो उनले भने ।

उर्जामा लगानी गर्न भारतीय पक्ष तयार रहेको भए पनि पूर्ण रुपमा निर्णय नभएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्