काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन ।
सिन्डिकेटको पक्षमा रहेर आन्दोलनमा उत्रेको आरोपमा उनलाइ पक्राउ गरिएको हो । उनलाइ भृकुटीमण्डपमा सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन ।
उनि नेकपा माओवादी निकट यातायात व्यवसायी पनि हुन । उनलाइ हाल काठमाडौं जिल्ला प्रहरी परिषर टेकुमा राखिएको छ । सिन्डिकेटको पक्ष लिदै यात्रु मारमा पारेको आरोपमा उनलाइ पक्राउ गरिएको हो । गृह मन्त्रलयको आदेशमा गाडिहरु ग्यारेजमा थन्क्याउने व्यवसायीलाइ धमाधम पक्राउ गरिएको छ ।
यातायात व्यवसायीले सरकारले जारी गरेको निर्देशीका प्रति असन्तुष्टी जनाउँदै यातायात बन्द लगायतका आन्दोलन गरिरहेका छन । यसका साथै आज व्यवसायीले आफ्ना सवारीसाधनहरु घर ग्यारेजमा थन्क्याएका छन ।
सरोज सिटौला लगायत विभिन्न व्यवसायीहरु धमाधम पक्राउ गरेपछि यातायात सिन्डीकेटधारीको आन्दोलनको अन्त्य हुने देखिएको छ । यसका साथै यातायात सिन्डीकेटको पनि अन्त्य हुने संकेत देखिएको हो ।