Logo

सार्वजनिक सवारी नचलेपनि ट्राफिक व्यवस्थापनमा उस्तै समस्या, ट्याक्सीले मनपरी भाडा असुले १०३ मा फोन गर्नुस

सार्वजनिक सवारी नचलेपनि ट्राफिक व्यवस्थापनमा उस्तै समस्या, ट्याक्सीले मनपरी भाडा असुले १०३ मा फोन गर्नुस



काठमाडौं । यातायात व्यवसायीले आफु अन्तरगतका सवारी साधनहरु नचलाएपछि काठमाडौं लगायत नेपालभरको जनजिवन कष्टकर भएको छ । तर, काठमाडौं उपत्यकामा भने सार्वजनिक सवारी साधनहरु नचले पनि ट्राफिक व्यवस्थापनमा अझै बढि समस्या देखिएको छ । उपत्यकाका नयाँबानेश्वर, महाराजगंज, केशरमहल, माइतीघरलगायतका चोकमा साविककै जस्तो ट्राफीक जाम देखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेस रञ्जितकारले जानकारी दिए ।

उनले सार्वजनिक सवारी नचलेर प्राइभेट गाडिहरु तथा सवारीसाधनहरु पुर्ण रुपमा सञ्चालनमा आएकाले ट्राफिक व्यवस्थापनमा समस्या आएको जानकारी दिए । त्यसैगरी सवारी साधन नचलेसंगै कतिपय ट्याक्सी वालाले मनपरी रुपले भाडा असुलेको गुनासो बढेको छ । तर, प्रवक्ता रञ्जीतकारले सार्वजनिक यातायात नचलेको मौकामा ट्याक्सीवालाहरुले बढि भाडा लिएमा तुरुन्त १०३ मा फोन गर्नका लागि उनुरोध गरेका छन । कुनै ट्याक्सीवालाहरुले बढि रकम असुलेको पाइएमा हामीलाइ सम्पर्क गनुहोस हामी तत्काल कारबाहि गर्छाे,’ उनले भने ।

यातायात व्यवसायीले आफ्नो आन्दोलनका क्रममा शुक्रबार आफु मातहतका गाडीहरु ग्यारेजमा थन्क्याएका छन् । व्यवसायीहरुले आफ्ना माग पुरा नभए पुनः २७ गते अनिस्चितकालीन रुपमा गाडीहरु घर ग्यारेजमा थन्क्याउने चेतावनी दिदै आएका छन । यातायात व्यवसायीले आफ्ना मागको सुनवाइ नभएकाले आज सांकेतीक रुपमा सवारीसाधन बन्द गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सीटौलाले जानकारी दिए । अझै पनि सरकारले बार्तामा बोलाओस भनेर सांकेतिक बन्द र अनिश्चितकालीन बन्दको पनि समय अन्तर राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL