Logo

समिट अन हाइड्रोपावर २०१८ सम्पन्न, जलविद्युत जोखिम न्युनीकरणमा बीमा आवस्यक

समिट अन हाइड्रोपावर २०१८ सम्पन्न, जलविद्युत जोखिम न्युनीकरणमा बीमा आवस्यक



काठमाडौं । हिमालयन जेनेरल इन्स्युरेन्स लिले समिट अन हाइड्रोपावर २०१८ आयोजना गरेको छ ।

कम्पनीले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र विश्वस्तरीय बीमा कम्पनी मार्सको आयोजनामा सो गोष्ठी आयोजना गरेको हो ।

सो कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको जानकारी दिदैं राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेको जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा अति आवश्यक रहेको बताए ।

साथै हिमालयन जेनेरल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले सो गोष्ठीमा ऊर्जा प्रवर्धकका लागि अति आवश्यक बीमाका पक्षहरु समेटी प्रवर्धकहरुलाई एक परिपक्व बीमा पोलिसी खरीद गर्न टेवा पु¥याउने प्रकाश बताए ।

प्रतिक्रिया दिनुहोस्