काठमाडौं । एसओएस बालग्रामले निर्माण गरेको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
२०७२ सालमा गएको भूकम्पबाट क्षती पुगेको दोलखा खरिढुँगाको लाकुरीडाँडा स्थित सुर्के माध्यमिक विद्यालयका लागि एसओएस बालग्रामले निर्माण गरेको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
एसओएसका अन्तरराष्ट्रिय अध्यक्ष सिद्धार्थ कौल र पर्यटनमन्त्री रविन्द्र अधिकारीले उक्त विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा विद्यालय सञ्चालनका लागि आवश्यक अन्य पुर्वाधार कम्युटर ल्याब , लाइब्रेरी, फर्निचर र अन्य सामाग्री समेत उपलब्ध गराइएको छ ।
त्यस्तै एसओएसले सोही स्थानमा भुकम्प पीडितका लागि बनाइएका ३ वटा घर हस्तान्तरण गरिएको छ । १०७ मध्ये १०४ वटा घर र एउटा सामुदायिक भवन (गुम्बा) भने निर्माणाधिन अवस्थामा रहेको छ ।
एसओएसले विभिन्न १३ जिल्लामा बालबालिकाका लागि बालग्राम, शिक्षाका लागि हर्मन माइनर विद्यालय, युवाहरुका लागि युवालय, स्थानीय वासिनदाका लागि सामाजिक केन्द्र, स्वास्थ्य केन्द्र र सिपमूलक तालिम केन्द्र गरि ४४ वटा परियोजना मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।