Logo

३३ किलो सुन प्रकरणमा ६३ जना विरुद्ध मुद्दा दायर, अभियुक्त एसएसपीले पत्रकारलाइ हाने लात्ती

३३ किलो सुन प्रकरणमा ६३ जना विरुद्ध मुद्दा दायर, अभियुक्त एसएसपीले पत्रकारलाइ हाने लात्ती



काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा मुछिएका ६३ जनामाथी अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला अदालत मोरङमा ७ जना प्रहरी अधिकारी सहित २८ जना फरार अधियुक्त बनाएर मुद्दा दायर भएको हो । अदालतका श्रेस्तेदार नवराज दुलालले अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा दर्ता गरिएको पुष्टि गरे ।

बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ ।
त्यस्तै, विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।

यस्तै, मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको छ ।तर, सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् ।

अभियुक्त मध्ये निलम्बित एसएसपी दिवेश लोहनीले अदालतमा लैजाने क्रममा पत्रकारलाई लात्तीले हानेका छन् ।

प्रतिक्रिया दिनुहोस्