काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डीकेट अन्त्यका लागि निर्देशिका जारी गरे पछि २४ ओटा यातायात व्यवसायी कम्पनीमा दर्ता भएका छन ।
बुधवार दिउसो १ बजेसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ ओटा यातायात कम्पनी दर्ता भएका छन भने २१ ओटा कम्पनी दर्ता प्रकृयामा रहेका छन । त्यसैगरी ७१ ओटा कम्पनीको नाम अनुमोदन गरिएको छ । विभागले बैशाख १८ गते यातायात निर्देशिका २०४९ संसोधन गर्दै यातायात कम्पनीहरु पंजिकरण नगरि चलाउन नपाउने निर्णय गरेको थियो ।
रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार राजेन्द्र थापाका अनुसार विभागले यातायात निर्देशिका संसोधन गरेपछि यातायात कम्पनीको दर्ता संख्या बढेको हो । यस बर्षको बैशाख अघि ६ सय ४० यातायात कम्पनी दर्ता भएका थिए ।
त्यसैगरी सो अवधिमा २१ ओटा कम्पनीलाइ कार्यालयले दर्ता अस्विकृत गरेको छ । कम्पनी रजिष्ट्रार कार्यलयका अनुसार ४३ ओटा यातायात कम्पनी विचारधिन अवस्थामा रहेको थापाले बताए ।
यातायात व्यवसायीहरुले आन्दोलनका क्रममा विभिन्न कार्यक्रमको आयोजनाका साथै चरणबद्ध आन्दोलनको घोषणा गर्दागर्दै पनि उक्त संख्यामा यातायात व्यवसायी कम्पनीमा दर्ता भएका हुन ।
नेपाल सरकारको यातायात सिन्डीकेटप्रति कठोर निर्णयले यातायात व्यवसायीहरु धमाधम कम्पनीमा दर्ता भइरहेको कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिव राजेन्द« थापाले जानकारी दिएका छन ।
उनका अनुसार हालसम्म ६ सय ६४ ओटा यातायात कम्पनीहरु दर्ता भईसकेका छन भने विभिन्न यातायात व्यवसायीहरु धमाधम कम्पनी दर्ता गर्न आउनेको संख्या पनि बढिरहेको छ ।