Logo

दिपक मनाङे जेल चलान, थुनियो डिल्लीबजार कारागारमा

दिपक मनाङे जेल चलान, थुनियो डिल्लीबजार कारागारमा



काठमाडौं । महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी जेल चलान गरेको छ ।

प्रहरीले मनाङ्गेलाई हिजो पक्राउ गरेकोमा आज काठमाडौँ जिल्ला अदालतमा उपस्थिति गराएपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको हो ।

परिसरको विशेष टोलीले बिहीबार मनाङ्गेलार्य पक्राउ गरेको थियो । २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन सनिने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच अदालतले ५ वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसलासँग मनाङ्गे फरार रहेका थिए ।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरिएको थियो ।
मनाङ्गे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्