Logo

काठमाडौं महानगरले सुरु गर्यो निजी विद्यालयको अनुगमन, बढि शुल्क लिए कारबाही

काठमाडौं महानगरले सुरु गर्यो निजी विद्यालयको अनुगमन, बढि शुल्क लिए कारबाही



काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयको अनुगमन सुरु गरेको छ ।

नयाँ शैक्षिकशस्त्र सुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए । ‘वैशाख महिना भर्ना लिने महिना हो यो समयमा कामपाले नियमित रुपमा अनुगमन गर्ने छ,’ उनले भने ।

अर्यालका अनुसार विद्यालयले लिने शुल्क भौतिक संरचना बमोजिम केन्द्रित हुने भएकाले अनुगमनका क्रममा अनुचित भए सम्झाइ बुझाइ गर्ने र नमाने थप कारवाही गरिनेछ । कामपाले गत असोजदेखि विद्यालय गाभ्ने र नयाँका लागि अनुमति दिने विषयमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिले अनुगमन गरिरहे पनि वैशाख महिना भर्ना लिने महिना भएकाले विशेष रुपमा अनुगमन गरिरहेको हो ।

हाल कामपामा १ सय सामुदायिक विद्यालय र करिब ७ सय निजी विद्यालय सञ्चालन हुँदै आएका छन । जसमा १ लाख ६५ हजार बालबालिका अध्ययनरत छन । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ । चालू आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि कामपामा आवेदन परेको छ भने चालू रहेका विद्यालयमा कक्षा थपका लागि १ सय निवेदन परेको छ ।

विसं २०११ देखि नक्शाङ्कनका आधारमा विद्यालय खोल्न दिनुपर्छ भन्ने अवधारणाका साथ विद्यालय सञ्चालन हुँदै आए तापनि विसं २०२८ मा आएको शिक्षा ऐनको आधारमा थप विद्यालयका लागि अनुमति दिइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL