काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बैशाख २७ गतेदेखि अनिस्चितकालीन बन्द गर्ने घोषणा गरेको छ ।
महासंघले बुधबार काठमाडौं लगायत देशका सातवटै प्रदेशमा गरेको पत्रकार सम्मेलनमा चरणवद्ध आन्दोलनका क्रममा आफ्ना माग पुरा नभए अनिस्चितकालिन यातायात बन्द गर्ने चेतावनी दिएको हो ।यातायात व्यवसायीहरुले बैशाख ६ गतेदेखि चरणवद्ध आन्दोलनका क्रममा सरकारलाइ ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका घोषणा गरेका छन ।
उनिहरुले बैशाख ८ गते सम्पुर्ण सार्वजनिक यातायातमा कालो झण्डा राख्दै आन्दोलनलाई चर्काे रुप दिने बताएका छन ।
यसका साथै सो आन्दोलनका क्रममा बैशाख १६ गते यातायात कार्यालय घेराउ गर्ने तालिका बनाएका छन ।
यसै आन्दोलनका क्रममा उनिहरुले बैशाख २१ गते संयुक्त आन्दोलनको गर्र्दै सम्पुर्ण समितिका गाडीहरु ग्यारेजमा थन्क्याउने तालीका जानकारी दिएका छन ।