Logo

चुनढुंगालाई प्रयोगमा ल्याउन, मन्त्री चौधरीको निर्देशन 

चुनढुंगालाई प्रयोगमा ल्याउन, मन्त्री चौधरीको निर्देशन 



काठमाडौं । प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकाश मन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताएका छन ।

यहाँ उत्पादित चुनढुंगाले विकाश निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालार्ई लैजान सक्ने उनको भनाई रहेको छ । उनका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा सञ्चालित सिमेन्ट कारखानामा पुर्याउन सके यसले जिल्लालार्ई आर्थिक सम्वृद्धिमा टेवा पुग्ने देखिन्छ ।

प्रेस चौतारी तथा प्रेस सेन्टर रोल्पाकोे संयुक्त आयोजनामा मंगलबार लिबाङमा सम्पन्न पत्रकार भेटघाटमा बोल्दै मन्त्री चौधरीले चुनढुंगाको सही सदुपयोग गर्नु पर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्