Logo

कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसी गौतम नियुक्त, ९ महिनापछि पायो प्रशासक

कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसी गौतम नियुक्त, ९ महिनापछि पायो प्रशासक



काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले गौतमलाई प्रशासकमा नियुक्त गरेको हो । सञ्चय कोष ऐनको प्रावधानअनुसार गौतमले अब ५ बर्ष कोषको कमाण्ड सम्हाल्नेछन् ।

यस अघि अर्थमन्त्रालयले कोषको प्रशासकका लागि गौतम सहित ३ जानको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिफारिस गरेको थियो । मन्त्रालयले सिफारिस गरेको तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफ्लेमध्ये मन्त्रिपरिषद बैंठकले गौतमलाई नियुक्त गरेको हो ।

नवनियुक्त प्रशासक गौतम नेपाल सरकारका सहसचिव हुन् । हाल उनी राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । कोषका प्रशासक कृष्णप्रसाद आचार्यले अवकाश पाएसँगै भदौदेखि उक्त पद खाली थियो ।

प्रतिक्रिया दिनुहोस्