बिजखबर संवाददाता
२२ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको टर्किस एयरको ३ वटै पाङ्ग्रा फेरिने भएको छ । सो विमानको टायर आजै फेरिने त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । भारतबाट आएका प्राविधिकले उक्त टायर फेर्न लागेको समेत उक्त स्रोतको भनाइ छ ।
विमान उचाल्न सो विमानको मुनी खाल्डो खनिएको थियो । उक्त खाल्डो भने बालुवा र गिट्टी हालेर फुरिएको छ । बुधबारदेखि त्रिभुव अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसक्दा झण्डै ५० हजार यात्रु अलपत्र परेका छन् ।
साथै, शनिबार विहान १० बजेपछि मात्र विमानस्थल खुला गरिने समेत उक्त स्रोतको भनाइ छ । धावनमार्गको बीचभागमा टर्किस एयरको विमान विग्रीएर बसेको छ ।