Logo

टाइमले सार्वजनिक गर्यो शक्तिशाली व्यक्तिको सुची, ओबामा अगाडी, उत्कृष्ट ३०मा मोदी पनि

टाइमले सार्वजनिक गर्यो शक्तिशाली व्यक्तिको सुची, ओबामा अगाडी, उत्कृष्ट ३०मा मोदी पनि


रामराजा श्रेष्ठ
0
Shares

फागुन २२, काठमाडौं । इण्टरनेट तथा सामाजिक सञ्जालको दुनियाँमा सबैभन्दा शक्तिशाली व्यक्तिको सुचीमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पर्न सफल भएका छन् ।

टाइम म्यागेजिनले इण्टरनेटमा सक्रिय रहेका प्रसिद्ध व्यक्तिहरूको शुक्रबार सार्वजनिक गरेको सुचीमा ओबामालाई शक्तिशाली नेताको रूपमा प्रस्तुत गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि टाइमको उत्कृष्ट ३० सुचीमा परेका छन् ।

फेसबुक र ट्वीटरमा ३ करोड ८० लाख फलोअर भएका मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि झन् लोकप्रिय बन्दै गएका छन् । मोदी सामाजिक सञ्जाल प्रयोग गर्ने विश्वभरका नेतामा पनि सक्रिय मानिन्छन् ।
टाइमको यो सुचीमा गायिकाहरू टेलर स्विफ्ट, वियोन्सेले पनि आफ्नो स्थान बनाएका छन् ।

त्यस्तै प्रसिद्ध टेलिभिजन सृङ्खला ह्यारी पोर्टरका जे के रोलिङ्, साकिरा तथा टेलिभिजन प्रस्तोता जिम्मी फेलोन पनि सुचीमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL