Logo

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द



काठमाडौं । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ ।

विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिएर समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो ।
विभागका सूचना अधिकारी कृष्णदेव झाका अनुसार चालू आवमा ३ सय ३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि अनुमति तथा नवीकरण गरेका थिए । तर तोकिएको मितिमा उत्खनन तथा खोजतलास नगर्ने कम्पनीको भने प्रमाणपत्र खारेज गरिएको हो ।

विभागले चालू आवमा नयाँ खानी खोजतलासको लागि ९५, खानी खोजतलास प्रमाणपत्र नवीकरण १ सय ६८, नयाँ खानी उत्खननका लागि १२ र ७६ ओटा खानी उत्खनन प्रमाणपत्र नवीकरण गरेको जानकारी दिएको छ ।

यस्तै विभागले चालू वर्षमा खानीका नयाँ इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन तथा नक्सा बिक्रीबापत रु ९३ करोड ५५ लाख ६१ हजार ७ सय ६८ रुपैया राजस्व संकलनसमेत गरेको छ ।

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन सम्पन्न, फलामखानी मकवानपुरको अन्वेषण कार्य सम्पन्न, ड्रिलिङ चुनढुंगा धादिङको ड्रिलीङ कार्य भइरहेको, ५० सञ्चालित खानीको अनुगमन भइरहेको, खनिजअन्तर्गत १५ खनिजमा आधारित उद्योग प्रवद्र्धन कार्य भइरहेको विभागले बताएको छ ।

यसैगरी, प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलाम खानीको मापन कार्य भइरहेको, महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL