Logo

नर्भिक अस्पतालको २५ औं बार्षिकोत्वस, उपचारमा २० प्रतिशत छुट

नर्भिक अस्पतालको २५ औं बार्षिकोत्वस, उपचारमा २० प्रतिशत छुट


बिजखबर संवाददाता
108
Shares

काठमााडौं । नर्भिक अन्तरराष्ट्रिय अस्पतालले काठमाडौं महानगरपालिका ११ का नागरिकको उपचारमा २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ ।

अस्पतालले आफ्नो २५ औं बार्षिकोत्सको अवसमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारबीच उपचार सहुलियत सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार अस्पताल रहेको सो वडाका नागरिकले नर्भिकमा उपचार गराउदाँ २० प्रतिशत छुट पाउने छन् । त्यसका लागि कार्डको व्यवस्था गरी सेवा उपलब्ध गराइने भएको छ ।

अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवकै अवसरमा सगरमाथा आरोह गर्न लागेका पत्रकार महिला टोलीलाई २५ लाखको चेकसहित नर्भिकको झण्डासमेत हस्तान्तरण गरेको छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष वसन्त चौधरीले २५ वर्षअघि २५ शैयाबाट शुरु भएको नर्सिङ होम आज विभिन्न विशेषज्ञ सेवा, अत्याधुनिक उपकरणसहित विश्वसनीय अस्पतालको रुपमा परिचत भएको बताए । उनले ज्येष्ठ नागरिकका लागि आन्तरिक र बाह्य सेवामा १० प्रतिशत सहुलियत दिई छुट्टै डेक्सको व्यवस्था गरिने जानकारी दिँदै २५ वर्षकै अवसरमा सम्पूर्ण कर्मचारीलाई १ महिना बराबरको तलब बोनसस्वरुप उपलब्ध गरिने अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्