काठमाडौं । एसियाली विकास बैैंक ‘एडीबी ’ का उपाध्यक्ष वेन्चाइ झाङले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन ।
२ दिनको नेपाल भ्रमणका क्रममा आएका उनले प्रधानमन्त्रीसँग बिहीबार भेट गरेका हुन । भेटका क्रममा उनले नेपाल संघीय संरचनामा गएसँगै विकासका ढोकाहरु खुलेको बताउँदै नेपालले गरेको विकास सम्बन्धी नयाँ धारणा सकारात्मक भएको बताएका छन ।
यसका साथै उनले अर्थमन्त्री युवराज खतिवडासँगै अर्थसचिव राजन खनाल लगायतका अन्य सरकारी उच्च पदस्थ कर्मचारीहरुसंग भेट गरेका हुन । उनले नेपालको दिगो विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन ।