Logo

तामाकोशी आयोजना स्थलमा पुगेर प्रधानमन्त्रीले भने, समयमै काम सक्नू

तामाकोशी आयोजना स्थलमा पुगेर प्रधानमन्त्रीले भने, समयमै काम सक्नू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम समयमानै पूरा गर्न निर्देशन दिएका छन ।

प्रम ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने बताएका छन ।

प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुनले पनि निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताएका छन ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL