काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन ।
सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिएको जानकारी संगै खरेलले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा कार्यकालको शुभकामना समेत दिएका छन ।
खरेलले २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गरेको भन्दै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार प्रकट गरेका छन ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो ।