Logo

एफएनसीसीआईको ५२ औं साधारणसभा, कार्यकाल घटाउनेदेखि स्वतः अध्यक्ष खारेजीसम्मको प्रस्ताव

एफएनसीसीआईको ५२ औं साधारणसभा, कार्यकाल घटाउनेदेखि स्वतः अध्यक्ष खारेजीसम्मको प्रस्ताव



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५२ औं बार्षिक साधारणसभामा संस्थाको विधान संशोधनले प्रमुख प्राथमिकता पाउने भएको छ । आज हुने बार्षिक साधारणसभा विधान संशोधनले मुख्य प्राथमिकता पाउने महासंघका एक उच्च अधिकारीले जानकारी दिए ।

यस अघि भएको विधान संसोधनमा संस्थाका पूर्व अध्यक्ष तथा अन्य जिल्ला नगर अध्यक्षहरुले विरोध जनाएसँगै आज हुने बार्षिक साधारणसभामा विधान संशोधनलाई प्राथमिकताका साथ उठाउन लागिएको हो । यस अघि महासंघले विधान संशोधन गरी बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरेको थियो । तर, उक्त व्यवस्था ठिक नभएको भन्दै पूर्व अध्यक्षहरु तथा अन्य जिल्ला नगर अध्यक्षहरुले त्यसलाई खारेजीको व्यवस्था सहित संसोधन प्रस्ताव दर्ता गर्न लागेका हुन् ।

बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्थासँगै महासंघका पूर्व अध्यक्षहरुले आफुलाई प्रस्ताव गरिएको पद समेत लिन नमानेपछि तत्काल विधान संसोधन गर्न लागिएको एक अधिकारीले जानकारी दिए । ‘संस्थाको विधान सबैलाई सर्वमान्य हुनेगरी बनाउनु पर्छ,’ एक सदस्यले भने, ‘मौजुदा व्यवस्थामा विरोध आएपछि न्यसलाई संशोधन गर्नुको विकल्प छैन ।’

संस्थाको बार्षिक साधारणसभाले संस्थाको विधान संशोधनलगायतका कुरा गर्न सक्ने भएकाले कुनै पनि सदस्यले आफुलाई चित्त नबुझेको विषयमा संसोधन प्रस्ताव दर्ता गर्न सक्ने महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । ‘एउटा संस्थाको साधारणसभामा त्यसका सदस्यहरुले विधान संसोधनलगायतका प्रस्ताव दर्ता गराउनु स्वभाविक र सामान्य प्रक्रिया हो,’ उनले भने, ‘साधारण सभाले विधान संशोधन गर्नु स्वत अध्यक्षको व्यवस्था खारेज गर्नु कुनै नौलो विषय होइन ।’ संस्थामा आफ्ना सदस्याहरुको सबैभन्दा ठूलो अधिकार भएको साधारणसभा भएकाले उक्त भेलाको बहुमतले जुनसुकै व्यवस्था पनि गर्न सक्ने उनको तर्क थियो । यसैगरी महासंघका अध्यक्ष भवानी राणाले यस पटकको बार्षिक साधारणसभाले संस्थाको कार्याकाल घटाउन सक्ने बताईन् । ‘महासंघका सदस्यहरुले ३ बर्षे कार्यकाल बढि भयो भन्दै त्यसलाई घटाउन माग गर्दै आउनु भएको छ,’ उनले भनिन्, ‘सम्भवत आगामी दिनमा महासंघको कार्याकाल ३ बर्षबाट घटाएर २ बर्ष बनाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्