Logo

नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल सशस्त्रमा शैलेन्द्र नियुक्त, चैत २९ बाट कमाण्ड सम्हाल्ने

नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल सशस्त्रमा शैलेन्द्र नियुक्त, चैत २९ बाट कमाण्ड सम्हाल्ने



काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साझ बसेको बैंठकले दुबै प्रहरी संगठनमा महानिरीक्षक नियुक्त गरेको हो ।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ भने सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई महानिरीक्षक बनाइएको छ ।

नेपाल प्रहरीका डीआईजी खनाल आईजीपीको प्रतिस्पर्धामा १ नम्बर बरियातामा थिए । सरकारले १ नम्बर बरियातामा रहेका खनाललाई नै महानिरीक्षक नियुक्त गरेको हो । खनालसँगै नेपाल प्रहरीको दौडमा २ नम्बर बरियाताका रमेश खरेल र ३ नम्बरका पुष्कर कार्की थिए ।

यसैगरी सरकारले सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरिएको छ । सशस्त्रका महानिरीक्षक सिंहबहादूर श्रेष्ठले ३० बर्षे सेवा अबधिका कारण यही चैत्र ३० गतेबाट अबकाश पाउने भएसँगै शैलेन्द्र खनाललाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

यसैगरी नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले पनि ३० बर्षे सेवाअवधिका कारण चैत ३० गतेबाटै अवकास पाउने छन् । नवनियुक्त दुबै प्रहरी संगठनका महानिरीक्षकले यही चैत २९ गतेबाट कमाण्ड सम्हाल्लने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL