Logo

मेलम्ची खानेपानी सुरुङ्को ब्रैक थ्रु, दशैअघि पानी आउने मन्त्री मगरको दावी

मेलम्ची खानेपानी सुरुङ्को ब्रैक थ्रु, दशैअघि पानी आउने मन्त्री मगरको दावी



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको ब्रेक थ्रुभएको छ । मंगलबार उक्त सुरुङमार्गको ब्रेकथ्रु भएको हो ।

मंगलबार ७ दशमलव ५ किलोमिटर लामो सो सुरुङमार्गको बे्रेक थु्र गरिएको हो । यसको औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले सुरुङ खन्ने काम सकिएको जानकारी दिँदै अब फिनीसीङको काम बाँकी रहेको जानकारी दिइन् ।

आयोजनाको कुल २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । दुईवटा खण्डको यसअघि नै ब्रेक थ्रु भइसकेको छ ।

खानेपानी मन्त्री मगरले दशैंअघि नै काठमाडौंका बासिन्दाले मेलम्चीको पानी खान पाउने दाबी गरिन ।

प्रतिक्रिया दिनुहोस्
MBL