काठमाडौं । यातायात व्यबस्था विभागले यातायात व्यवसायीको आन्दोलनमा जाने निर्णयको खण्डन गरेको छ । सोमवार यातायात व्यवसायी राष्ट्रिय महासंघको भेलाले आन्दोलन गर्ने निर्णय गरेपछि विभागले आफ्नो सिन्डिकेट विरुद्धको अभियान जसरी पनि सफल पार्ने जानकारी दिएको हो ।
विभागले यातायात व्यवसायीको सिण्डिकेट गैरकानुनी कार्य भएको बताउँदै यस्तो कार्य गर्न कसैलाई छुट नहुने बताएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले विभाग यस्तो किसिमको गैरकानुनी कार्यप्रति कठोर भएर अघि बढ्ने जानकारी दिएका छन । ‘हामीले व्यवसायीहरुलाई उचित कानुनी बाटोमा हिँड्नुस भनेका हौँ सायद उहाँहरुले कानुनको पालना सकेसम्म गर्नु हुन्छ होला,’ उनले भने, ’ उनले भने, ‘हाम्रो निर्देशिका एकतर्फि छैन सबैको हितमा छ’ । साथै विभागले कानुनको पुर्ण प्रयोग गर्दै सिण्डिकेटलाई हटाउन प्राथमिकतामा राखेर अघि बढेको समेत उनको दाबी थियो ।
यातायात व्यवस्था विभागले आफ्नो निर्देशिका अनुसार नेपालभरका सिन्डिकेट विरुद्ध लागिपर्ने जानकारी दिए । यसका साथै विभागले आफुले तयारी थालेको सो कार्य जसरी पनि सफल पारेरै छाड्ने उनको दाबी थियो । सिन्डिकेट पुर्ण रुपमा गैरकानुनी भएको जानकारी दिँदै यसलाइ पुर्ण रुपमा हटाउन विभाग कटिबद्ध रहेको जानकारी दिए ।
यातायात ब्यवस्था विभागले २०४९ सालको यातायात व्यवस्था नियमावली संसोधन गर्ने क्रममा यातायात निर्देशिका जारि गर्दै सिन्डिकेट हटाउने निर्णय ल्याएको थियो । यस्तै सर्वोच्च अदालतले पनि यस अघि सवारीसाधनका क्षेत्रमा देशबाट पूर्णरुपमा सिण्डिकेट खारेज भएको फैसला सुनाएको थियो ।
तर, मयुर यातायातले काठमाडौं देखि बनेपासम्म बस चलाउने भएपछि विवाद चुलिएको हो । यातायात व्यवसायीहरु सिण्डिकेटको पक्षमा उत्रिएपछि विभागले एकैदिन ८ कम्पनीलाई अस्थायी रुट परमीट दिएको थियो ।
विभागले सिन्डिकेट हटाउन लाग्दा यातायात राष्ट्रिय व्यबसायी महासंघले सोमबार एक भेलाको आयोजना गर्दै विभागको सो निर्देशिका एकतर्फि भएको र अब यसका विरुद्ध नेपालभर आन्दोलन गर्ने निर्णय गरेको थियो । साथै भेलाले विभागको निर्देशिका खारेज नभए यातायात पुर्ण रुपमा बन्द गर्ने निर्णय समेत गरेको छ ।