Logo

दवङ द टूर, जेठ १२ मा सलमान खान नेपाल आउँदै

दवङ द टूर, जेठ १२ मा सलमान खान नेपाल आउँदै



काठमाडौं । कालो हरिण काण्डमा मुछिएको १ महिनापछि बलीउड स्टार सलमान खान नेपाल भ्रमणमा आउने भएका छन ।

दवङ द टूरको लागि गत फागुन २६ गते हुने भनीएको सो टुर विप्लव समुहको धम्कीको कारण देखाउदै स्थगित गरिएको थियो । तर, आयोजक ओडिसि इन्टरटेनमेन्टले सो कार्यक्रम आगामि जेठ १२ गते हुने जानकारी दिएको छ ।

ओडिसि इन्टरटेनमेन्टले केहिदिन अघि विशेष कारण भन्दै बैशाख पहिलो साताको लागि सारिएको जानकारी दिएको थियो ।

दवङ द टूरअन्तरगत सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, सिशा शाह, मिट ब्रस, मनिष पल सहित नृत्यकार हरु आउने नेपालस्थित ओडिसि इन्टरटेनमेन्टले जानकारी दिएको छ । कम्पनीका अनुसार अहिले पनि टिकट वितरण कार्य जारी छ । पहिले टिकट लिएका दर्शकले सोही टिकटद्धारा नै कार्यक्रमको अवलोकन गर्न पाउनेछन ।

 

प्रतिक्रिया दिनुहोस्
MBL