बुटवल । बुटवल स्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो ।
आगलानी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरिएको छ । तर, भाटभटेनीको माथिल्लो तलामा आगलागी भएकाले नियन्त्रणमा लिन कठिनाई भएको प्रहरीले जानकारी दिएको छ ।
भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ । आगलागी विद्युत् (सर्ट)चुहिएर भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो /