काठमाडौं । मन्त्रिपरिषद्को बैंठकले एकैदिन दुई दर्जनभन्दा बढि सचिवकोसरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि बिहीबार बसेको मन्त्रिपरिषद् बैंठकले सचिवहरुको सरुवा गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार महत्वपूर्ण मानिएको अर्थ मन्त्रालयमा राजन खलालाई ल्याइएको छ भने अर्थ सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव शिसिरकुमार ढुङ्गानाको भने सरुवा गरिएको छैन ।
यसैगरी सरकारले गृह सचिवमा प्रेमकुमार राईलाई ल्याएको छ भने संचार सचिवमा महेन्द्रमान गुरुङलाई ल्याएको छ । सरकारले यस अघि अर्थ मन्त्रालयमा मात्र २ जना सचिव राख्दै आएकोमा अबका दिनमा थप ३ मन्त्रालयमा २÷२ जना सचिव राख्ने निर्णय गरेको छ । नयाँ संरचनासँगै सचिवको संख्यामा बढी भएसँगै थप ३ मन्त्रालयमा पनि २ जनाको दरले सचिव राख्ने निर्णय भएको उक्त स्रोतको भनाइ थियो ।
जस अनुसार अबमा दिनमा सरकारले अर्थ, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायमा २/२ जना सचिव रहनेछन् ।
सचिवको नाम | सरुवा भएको ठाउँ |
शंकरप्रसाद अधिकारी | उपराष्ट्रपतिको कार्यालय |
लालशंकर घिमिरे | प्रधानमन्त्रीको कार्यालय |
महेन्द्रमान गुरुङ | सूचना तथा सञ्चार प्रविधि मन्त्रालय |
मोहनकृष्ण सापकोटा | युवा तथा खेलकुद मन्त्रालय |
प्रेमकुमार राई | गृह मन्त्रालय |
राजन खनाल | अर्थ मन्त्रालय |
महेश्वर न्यौपाने | अख्तियार |
विष्णुप्रसाद लम्साल | रक्षा |
विनोद केसी | राष्ट्रपति कार्यालय |
भूपेन्द्रप्रसाद पौडेल | सूचना आयोग |
यादवप्रसाद कोइराला | काठमाडौं महानगरपालिका |
महेश दाहाल | श्रम तथा रोजगार |
लक्ष्मणप्रसाद मैनाली | प्रधानमन्त्रीको कार्यालय |
गजेन्द्रकुमार ठाकुर | शिक्षा तथा विज्ञान प्रविधि |
सञ्जय शर्मा | ऊर्जा तथा सिँचाई |
विश्वनाथ ओली | वन |
अनिल ठाकुर | महिला आयोग |
कृष्णराज बिसी | खानेपानी |
मधुसूदन अधिकारी | भौतिक मन्त्रालय |
युवकध्वज जिसी | कृषि |
शरदचन्द्र पौडेल | राष्ट्रिय योजना आयोग |
देवेन्द्र कार्की | नेपाल ट्रष्टको कार्यालय |
अर्जुनकुमार कार्की | राष्ट्रिय पुनर्निर्माण प्राधिकरण |
खगराज बराल | शिक्षा तथा विज्ञान प्रविधि |
मधुप्रसाद रेग्मी | सार्वजनिक खरिद अनुगमनको कार्यालय |