Logo

सिन्डिकेट फाल्न सरकार सफल, आन्दोलनमा उत्रिएका व्यवसायीले पनि चलाउन थाले सवारी

सिन्डिकेट फाल्न सरकार सफल, आन्दोलनमा उत्रिएका व्यवसायीले पनि चलाउन थाले सवारी



काठमाडौं । कोटेश्वर पुर्वका यातायात व्यवसायीले मयुर यातायात विरुद्ध गरेको आन्दोलन फिर्ता लिँदै सवारी साधन सञ्चालनमा ल्याएका छन । यातायात व्यवस्था विभागले अनावश्यक रुपमा आन्दोलन जारी राखिरहे त्यस्ता सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिएपछि उनीहरुले आजबाट पुुनः सवारी सञ्चालनमा ल्याएका हुन ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले सो रुटमा आन्दोलनरत व्यवसायीले पनि सवारी संचालन गरेको जानकारी दिँदै अबका दिनमा यस्तो गतिविधि दाहोर्याए कानुनी कार्वाहीका साथै रुट परमिट खारेजसम्म गर्न सकिने बताए ।

यसका साथै उनले अरु जुनसुकै कम्पनिलाई पनि सो रुटमा रुट इजाजत खुल्ला गरिएको बताए । विभागले हिजो मात्र ८ वटा यातायात व्यवसायीलाई अस्थाई रुट परमिट दिएको थियो । ती सवारीसाधनले पनि अझै सो रुटमा सेवा दिइरहेको जानकारी दिए । ‘हिजो अस्थाइ रुट इजाजत दिइएका कम्पनीहरु स्थाइ रुट इजाजत लिन ईच्छुक छन,’ उनले भने, ‘उनीहरुलाई यातायात व्यबस्था विभागमा आएर पञ्जिकरण लगायतका कानुनी प्रकृया पुरा गरे पछि इजाजत दिइनेछ ।’

बुधबार तत्कालिन समस्या समाधानका लागि विभागले विभिन्न ८ कम्पनीलाइ रुट इजाजत दिएको थियो । उनीहरुले आजसम्म पनि सो रुटमा सेवा दिइरहेको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार सो रुटको इजाजत लिन इच्छुक कम्पनीले यातायात व्यवस्था विभागको कार्यलय एकान्तकुनाबाट लिन सक्नेछन ।

बुधबार कोटेश्वरपुर्वका लागि मयुर, साझा, मेट्रो, महानगर, सिटी, सिवनगर, अन्नपुर्ण, मध्यउपत्यका लगायतका यातायात व्यवसायीले अस्थाइ रुट इजाजत लिएका हुन ।

प्रतिक्रिया दिनुहोस्