Logo

संसदमा प्रधानमन्त्रीको संवोधन , भारत भ्रमणमा राष्ट्रलाई घात हुने र शिर निहुर्याउनु पर्ने कुनै सम्झौता हुँदैन

संसदमा प्रधानमन्त्रीको संवोधन , भारत भ्रमणमा राष्ट्रलाई घात हुने र शिर निहुर्याउनु पर्ने कुनै सम्झौता हुँदैन



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणको समयमा देश र जनतालाई घात गर्ने खालका कुनै पनी सम्झौता नहुने स्पष्ट पारेका छन् । ‘मेरो भारतमा हुने राजकीय भ्रमणमा देशलाई अप्ठ्यारो पर्ने, देशले शिर निहुर्याउनु पर्ने, लज्जाबोध र हिनताबोध हुने कुनै सम्झौता हुँदैन,’ संसदमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रमणको क्रममा दुई देशबीच पारस्परिक र सिस्टाचार भेट हुनेछ ।’

भ्रमणको क्रममा आफुले ऊर्जा, सीमा सुरक्षा, कृषिको विस्तार, यातायात, पुनर्निमाणलगायतका विषयमा कुरा हुने बताए । साथै उनले अब भारतसँग नयाँ सम्झौता नगरी पुराना सम्झौतालाइ नै अघि बढाउन पहल गर्ने जानकारी दिए । भ्रमणको क्रममा थप हवाइ विन्दु, तराइको वाढ ितथा डुवानका विषयका पनि कुरा उठाउने जानकारी दिए । यस्तै लगानी प्रवद्र्धन लगायत ब्यापार घाटाका विषयमा पनि कुरा उठाउने उनको भनाई थियो ।

सम्बोधनको क्रममा उनले हाल श्वेतपत्रले औँल्याएका कुरा अबका दिनमा आउने श्वेतपत्रले नदेखाउने गरी आफुहरुले काम गर्ने समेत जानकारी दिए । ‘अहिलेको श्वेतपत्रले हामी अप्ठ्यारो स्थितीमा रहेको देखाएको छ,’ उनले भने, ‘यसका लागि अबका दिनमा विभिन्न किसिमका भौतिक तथा अभौतिक विकासमा फड्को मार्नेछ ।’

आज संसदमा जारी सभामा सम्बोधन गर्दै हालको श्वेतपत्रमा कुनै झुटा तथ्य तथा प्रसङगहरु नखुलाइएको जानकारी दिँदै एक यथार्थ पत्र मात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्